रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक परीक्षण हुँदै, कहिले हुन्छ लन्च ?

विहीबार, २९ जेठ २०८२, १२ : ५९

काठमाडौं- रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलो पटक परीक्षणका क्रममा देखा परेको छ । 

भारतको लद्दाखमा देखिएको उक्त इलेक्ट्रिक एडभेन्चर बाइकको पछिल्लो प्रोटोटाइप उत्पादनको नजिकै रहेको अनुमान गरिएको छ । परिक्षण सम्पन्न भएपछि यो छिट्टै लन्च हुने अपेक्षा गरिएको छ ।

इलेक्ट्रिक हिमालयनको प्रोटोटाइप एक्मा २०२४ मा अनावरण गरिएको थियो । परिक्षण भइरहेको बाइक गत वर्ष प्रदर्शन गरिएको संस्करण २.० जस्तै देखिएको छ । यसमा अपराइट विन्डस्क्रिन, उठाइएको ह्यान्डलबार र सिंगल पिस सिट र गोलाकार एलईडी हेडल्याम्प राखिएको छ ।

रोयल इनफिल्डले इलेक्ट्रिक एड्भेन्चरको प्राविधिक विवरणहरू खुलासा नगरे पनि बाइकमा अपसाईड–डाउन फ्रन्ट फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान हुने अनुमान गरिएको छ ।

विहीबार, २९ जेठ २०८२, १२ : ५९

प्रतिक्रिया