सिटिजन्स बैंकद्वारा सुदूरपश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न

विहीबार, २९ जेठ २०८२, १३ : ०६

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले आज बिहीबार धनगढी उपमहानगरपालिका वडा नं ३ स्थित कार्यालय परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रम अन्तर्गत करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ।

बिट द प्लास्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा हरियाली संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यसहित बैंकले कार्यक्रम सञ्चालन गरेको हो।

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। बैंकले यसअघि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, मठमन्दिर लगायत क्षेत्रमा समेत सहयोग प्रदान गर्दै आएको छ।

हालै मात्र ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले भर्खरै फोनपेसँग सहकार्य गरी नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ। साथै, बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सिआरएन नम्बर सेवाको सुविधा समेत प्रदान गरिरहेको छ।

बैंकले क्रस बैंक टेलर सेवा पनि सुरु गरेको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्। सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइमार्फत करिब १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

विहीबार, २९ जेठ २०८२, १३ : ०६

प्रतिक्रिया