काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बैंकका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया