सीजी मोटर्सले अफ–रोड राइडिङ इभेन्ट ‘एक्सट्रयाक’ को दोस्रो संस्करण पोखरामा गर्ने

विहीबार, २९ जेठ २०८२, १५ : २१

सिजी मोटर्स हिरो मोटोकोर्पले अफ-रोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते पर्यटनको मुटु पोखरामा हुने भएको छ । पहिलो संस्करण धुलिखेलस्थित ‘डर्ट टेम्पल’ मा सम्पन्न भएको यो इभेन्ट ३ सयभन्दा बढी राइडरहरूको सहभागितासहित अत्यन्त सफल भएको थियो ।

हिरो मोटोकोर्प नेपालद्वारा आयोजित यस ‘एक्सट्रयाक’ इभेन्ट पोखराको महेन्द्र गुफा नजिक विशेष अफ-रोड ट्र्याकमा आयोजना गरिनेछ, जसमा सहभागीले हिरोको एडभेन्चर श्रेणी अन्तर्गतको एक्सपल्स २०० फोर भि र एक्सपल्स २०० फोर भि प्रो मोटरसाइकल ट्र्याकमा प्रत्यक्ष चलाएर आफ्नो अफ-रोड कौशल परीक्षण गर्न सक्नेछन् । अफ-रोड ट्रेनिङ, सेक्युरिटी मापदण्ड, र प्रोफेसनल मार्शलको निर्देशनसहित राइडिङ टिप्ससमेत प्रदान गरिनेछ ।

सुरक्षा सुनिश्चित गर्न सहभागीहरूले चालक अनुमति पत्र, सेफ्टी गियर अनिवार्य रुपमा ल्याउनु पर्नेछ । इच्छुक राइडरहरूले हिरो मोटोकोर्प नेपाल को सोसियल मिडिया पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन् । सहभागी अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्राण्डको लिमिटेड एडिसन जर्सी निःशुल्क प्रदान गरिने छ ।

कम्पनीका अनुसार कार्यक्रमको मूल उद्देश्य नेपाली युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै हिरो मोटोकोर्पद्वारा नेपाली बजारमा उपलब्ध प्रविधियुक्त आधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । सिजी हिरो मोटोकोर्पले नेपालमा ‘राइड फर एडभेन्चर’ अभियानलाई नयाँ स्तरमा लैजान ‘एक्सट्रयाक’लाई निरन्तरता दिने बताएको छ ।

इभेन्ट शनिबार बिहान १० बजे सुरु हुनेछ । अफ-रोड राइडिङ अनुभव खोजिरहेका राइडरका लागि यो इभेन्ट स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।

विहीबार, २९ जेठ २०८२, १५ : २१

प्रतिक्रिया