भ्रामक समाचारप्रति नेपाल बैंकको गम्भीर आपत्ति

विहीबार, २९ जेठ २०८२, १५ : ३२

काठमाडौं- नेपाल बैंक लिमिटेडले केही सञ्चार माध्यमहरुले बैंकबाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै र नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको जनाएको छ । साथै बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा समेत सबैको जानकारीका लागि सार्वजनिक गर्ने गरिएको यथार्थ सबैमा जानकारी गराउँदै यस्ता भ्रामक समाचारहरुमा विश्वास नगर्न बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बैंक लिमिटेड वित्तीय रुपमा सुदृढ रहनुका साथै नियामक निकायको नीति तथा निर्देशनहरु पूर्ण पालनामा प्रतिबद्ध रहेको बैैंकले जनाएको छ ।

विहीबार, २९ जेठ २०८२, १५ : ३२

प्रतिक्रिया