काठमाडौं — प्रविधि र स्टाइलमा सधैं सीमाना पार गर्ने विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड Infinix ले नेपालको दुई उत्कृष्ट ईस्पोर्ट्स टोलीहरू — DRS Gaming र Horaa Esports सँग सहकार्यको घोषणा गरेको छ।
यो सहकार्य नेपाली गेमिङ क्षेत्रमा एउटा ऐतिहासिक मोड सावित हुने विश्वास गरिएको छ, जसले न केवल प्रविधिमा नवप्रवर्तन ल्याउनेछ, तर नेपालका उत्कृष्ट गेमरहरूलाई विश्वस्तरीय प्रदर्शन गर्ने अवसर समेत प्रदान गर्नेछ। इनफिनिक्सले यस साझेदारीमार्फत नेपाली गेमिङ समुदायमा आफ्नो उपस्थिति सशक्त बनाउने लक्ष्य लिएको छ।
कम्पनीले DRS र Horaa टिमलाई अत्याधुनिक सुपर फास्ट प्रोसेसर, उच्च रिफ्रेस रेट भएको डिस्प्ले, लामो समय टिक्ने ब्याट्री, र गेमिङका लागि विशेष फिचरहरू भएको स्मार्टफोनमार्फत खेल क्षमतामा अभिवृद्धि गराउने बताएको छ।
गेमिङ अभियान र लाइभ स्ट्रिमहरू: इनफिनिक्स उपकरणहरूबाट सञ्चालित विशेष कन्टेन्ट, टूर्नामेन्ट लाइभ स्ट्रिमहरू र पर्दा पछाडिका रमाइला क्षणहरू फ्यानहरूले प्रत्यक्ष हेर्न सक्नेछन्।
GT सिरिजको प्रयोग: दुबै टिमले इनफिनिक्सको गेमिङ बीस्ट — Infinix GT 30 Pro को प्रयोग गरी प्रतिस्पर्धामा उत्रनेछन्।
फ्यान इन्टरएक्सन र गिभअवेहरू: रमाइला गिभअवेहरू, डिभाइस डेमोहरू र सरप्राइज उपहारहरूमार्फत सहकार्यको उत्सव मनाइनेछ।
इनफिनिक्स नेपालले भन्यो, "आजभोली गेम खेल्नु भनेको खाली टाइम पास होइन — यो हाम्रो जीवनशैली बनिसकेको छ। DRS र Horaa जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवा र उनीहरूको गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौं।"
यस सहकार्यले नेपाली ईस्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिनुका साथै गेमरहरूका लागि नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया