काठमाडौं– नेपालकै अग्रणी पेन्ट कम्पनी एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक रचनात्मक कार्यक्रम “Colour Next 2025” सम्पन्न गरेको छ।
कार्यक्रममा प्रतिष्ठित आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर, रचना तथा मिडिया क्षेत्रका अग्रणी व्यक्तिहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा, वर्ष २०२५ का लागि “Color of the Year” को रूपमा “Cardinal” रङको औपचारिक घोषणा गरियो। यो गाढा रातो-गुलाबी मिश्रणले भावनात्मक समृद्धि, अनुभवमूलक डिजाइन र सोच उत्पन्न गर्ने स्थान निर्माणको प्रतिनिधित्व गर्छ। एशियन पेन्ट्सले सन् २००३ देखि ‘Colour Next’ कार्यक्रममार्फत विश्वव्यापी सामाजिक-सांस्कृतिक प्रवृत्तिहरूको अध्ययन गर्दै आएको छ।
यस अभ्यासले रङ, मटेरियल, फिनिश र टेक्स्चरका माध्यमबाट जीवनशैली परिवर्तनलाई सम्बोधन गर्ने नयाँ डिजाइन दिशाहरू प्रस्तुत गरेको छ ।
एशिएन पेन्ट्सका क्षेत्रीय प्रमुख (ग्लोबल) बुधदित्य मुखर्जीले उद्घाटन मन्तव्यमा नेपालमा डेकोर उद्योगमा नवप्रवर्तन र रचनात्मकता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा Trend Forecast प्रस्तुति एशियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट – कलर, मरीशा रेगो डीसुजाद्वारा प्रस्तुत गरिएको छ । उनले वर्ष २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृत्तिहरू सार्वजनिक गरिन्:
यी तीन ट्रेन्डहरूले बदलिँदो जीवनशैलीसँग जोडिएका भावनात्मक र स्थानगत आवश्यकताहरूको सन्दर्भमा गहिरो अन्तर्दृष्टि प्रदान गर्छन्।
Cardinal – २०२५ को रङ
“Cardinal” ले यी सबै ट्रेन्डहरूलाई समेट्दै सृजनात्मकता, भावनात्मक गहिराइ, र सोच प्रवाह गराउने वातावरण निर्माणमा केन्द्रित छ। यस रङमार्फत एशियन पेन्ट्सले आन्तरिक सजावटमा नयाँ सोच र ऊर्जा ल्याउने उद्देश्य राखेको छ।
“Colour Next 2025” को सफल आयोजनासँगै, एशियन पेन्ट्स नेपालले फेरि एकपटक आफूलाई सजावट, डिजाइन संवाद र सौन्दर्य समाधानमा अग्रणी ब्रान्डका रूपमा प्रमाणित गरेको छ।
प्रतिक्रिया