ट्रेड टावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

आइतबार, ०१ असार २०८२, १० : ३५

काठमाडौं- ट्रेड टावरको आईपीओ आज असार १ गते बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरिएको हो। 

कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका आईपीओ निष्कासन गरेको थियो।

यस आईपीओमा कुल २० लाख ७४ हजार २८५ आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर माग भएको थियो। त्यसमध्ये २० लाख ५९ हजार ३८८ आवेदकबाट परेको २ करोड ३९ लाख ७ हजार ६०० कित्ता सेयर सदर भएको छ भने १४ हजार ८९७ आवेदकबाट परेको २ लाख ९ हजार ८८० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ बाँडफाड गोलाप्रथाबाट गरिएको छ। जसमा भाग्यमा ३ लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै मेरो सेयर र iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नेछन्।

आइतबार, ०१ असार २०८२, १० : ३५

प्रतिक्रिया