पिपुल्स पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, ०१ असार २०८२, १० : ४९

काठमाडौं- पिपुल्स पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद सेयर जारी गर्न भोलि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।

बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३१ करोड ६३ लाख रुपैयाँको १०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

आइतबार, ०१ असार २०८२, १० : ४९

प्रतिक्रिया