पोखरामा ट्रायम्फको नयाँ शोरूम उद्घाटन, डिलरमा इच्छाशक्ति अटोमोबाइल्स

आइतबार, ०१ असार २०८२, १२ : १४

काठमाडौं– विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले पोखरामा नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस शोरूमको आधिकारिक डिलरको रूपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ।

नेपालमा ट्रायम्फको विस्तारक्रममा यो उद्घाटन एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ, जसले गण्डकी प्रदेश क्षेत्रका बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल सेवा अझ नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ। उद्घाटनको पहिलो दिनमै ५० वटा मोटरसाइकल डेलिभरी हुनु ग्राहकको अत्यधिक उत्साहको संकेत थियो।

2

इच्छाशक्ति अटोमोबाइल्सका आगोषमान बुद्धाचार्यले स्थानीय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियामा उत्साह व्यक्त गर्दै भने, “पोखराको बाइकप्रेमी समुदायबाट पाएको प्रतिक्रिया साँच्चै उत्साहजनक छ। पहिलो दिनमै ५० मोटरसाइकल डेलिभरी हुनु ट्रायम्फ ब्रान्डको गुणस्तरप्रति भरोसा र यहाँका ग्राहकको विश्वस्त मागको संकेत हो। हामी पोखरामै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध छौं।”

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “ट्रायम्फ मोटरसाइकल केवल सवारीसाधन होइन, यो प्रतिबद्धता, अखण्डता र विश्वासको प्रतीक हो। पोखराबाट पाएको न्यानो स्वागतप्रति हामी आभारी छौं र यहाँका ग्राहकसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्न इच्छुक छौं।”

कम्पनीले ट्रायम्फ स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स गरी दुई मोडलका मोटरसाइकलको विक्री शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष इच्छामान बुद्धाचार्यले जानकारी दिदै भने, “नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० को मूल्य रु. ६,४९,९०० र स्क्र्याम्बलर ४०० एक्सको मूल्य रु. ६,९९,९०० निर्धारण गरिएको छ।”

पोखरामा रहेको यो नयाँ शोरूममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले  यो आउटलेटलाई सेल्स (विक्री), सर्भिस (सेवा), र स्पेयर (स्पेयर पार्ट्स) सहितको पूर्ण 3S सुविधा सहित संचालनमा ल्याएको जनाएको छ।

आइतबार, ०१ असार २०८२, १२ : १४

प्रतिक्रिया