सरकारले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

आइतबार, ०१ असार २०८२, १६ : १६

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट ल्याएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएका छन् तर, चुनौतीहरु भने कायमै रहेकाले त्यसको सामना गर्ने गरी सरकारले बजेट ल्याएको छ ।’

यसै क्रममा उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको पनि बताए । अन्तरसरकारी वित्त हस्तान्तरणमा वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे । 

आइतबार, ०१ असार २०८२, १६ : १६

प्रतिक्रिया