काठमाडौं- पोखरामहानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंककाकर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने छन् । उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युकातर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक कातर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ । बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर र ३५ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुलनाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया