काठमाडौं- कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला भएको छ ।
यसअघि बैंककै संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको यो सेयर तोकिएको अवधिमा बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।
सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।
प्रतिक्रिया