काठमाडौं- हुन्डाई मोटर कम्पनीले नयाँ इलेक्ट्रिक गाडी आयोनिक ६ एनको टिजर सार्वजनिक गरेको छ।
कम्पनीले जुलाईमा गुडवुड फेस्टभल अफ स्पिडमा आयोनिक ६ एनको विश्वव्यापी डेब्यु गर्ने घोषणा गरेको छ।
आयोनिक ६ सेडान एन ब्याज्ड भेरिएन्टको अपग्रेड संस्करण हो । टिजरमा यसको फराकिलो फेन्डर, आकर्षक रियर विङ र एकीकृत डकटेल स्पोइलर देखाइएको छ । कम्पनीले यसमा आयोनिक ५ एनको ड्युअल मोटर, अल ह्विल ड्राइभ पावरट्रेन प्रयोग गर्नसक्ने देखिन्छ ।
कम्पनीले आयोनिक ६ एनको मूल्य १ करोड रुपैयाँ भन्दा राख्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया