सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, ०३ असार २०८२, ११ : २१

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीका सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसर्थ वैशाख ४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

मंगलबार, ०३ असार २०८२, ११ : २१

प्रतिक्रिया