काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार २६९ कित्ता सेयर बिक्रीमा राखिएको हो। यस सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया