सिटिजन्स बैंकका ग्राहकहरुले टिका रिर्सोटमा छुट पाउने

मंगलबार, ०३ असार २०८२, १७ : ००

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले लेकसाईड पोखरा स्थित टिका रिर्सोटमा विशेष छुट पाउने भएका छन् । 

छुटका लागि बैंक र रिर्सोटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकका देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरु सञ्चालनमा छन् । 

मंगलबार, ०३ असार २०८२, १७ : ००

प्रतिक्रिया