काठमाडौं- जापानी अटोमोबाइल कम्पनी निसानको इलेक्ट्रिक भेहिकल लीफको तेस्रो जेनेरेशन मोडल क्रसओभर एसयूभी डिजाइनमा लन्च भएको छ ।
आधुनिक इलेक्ट्रिक भेहिकलको पायोनियर मानिने लीफ सन् २०१० मा पहिलो पटक बजारमा आएको थियो ।
निसानले सन् २०२६ मोडलको रूपमा ल्याएको नयाँ लीफको डिजाइन परिवर्तन भएको छ । तेस्रो जेनेरेशनको रूपमा आउन लागेको लीफमा ब्याट्री साइज परिवर्तन भएको छ । पहिलाको भन्दा २५ प्रतिशत ठूलो ब्याट्री प्रयोग गरिएको छ । अब आउने लीफ ईभीमा ७५ किलोवाट अवारको ब्याट्रीप्याक हुनेछ । जसले सिंगल चार्जमा ५०० किलोमिटर भन्दा धेरै हुने कम्पनीको दाबी छ ।
निसान लीफ पहिलेभन्दा केही छोटो छ भने नयाँ जेनेरेशन मोडलको लम्बाइ ४४०४ एमएम छ । जुन पहिलेकोभन्दा ७६ एमएम छोटो हो । यसको चौडाइ भने २५ एमएमले ठूलो छ ।
निसानको नयाँ लीफमा ड्युल स्क्रीन छ । १४।३ इन्चको इन्फोटेन्टमेन्ट रहेको क्रसओभर लीफमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । निसानले यसमा डिमिङ पानारोमिक रुफ दिएको छ । क्याबिनमा ६४ कलरको एम्बियन्ट लाइट छ ।
कम्पनीले नयाँ जेनेरेशन निसान लीफको मूल्य भने सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया