काठमाडौं - नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरण अर्थतन्त्रको खराब अवस्थालाई बुझाउने एउटा प्रतिनिधि घटना हो । उक्त प्रकरणमा साढे दुई करोड घोटाला भएको समाचार सार्वजनिक भएपछि संसथापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिेकसकेका छन् । उक्त बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि अहिले पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई केहि दिनअघि नेपालगञ्जबाट पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरेर बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिए । अहिले बाँके मै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । अन्यको संलग्नता देखिएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । २०६० सालमा स्थापना भएको यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।
प्रतिक्रिया