दरबारमार्गमा एम्पोरियो आर्मानीको फ्ल्यागशिप सोरुम उद्घाटन हुँदै

विहीबार, ०५ असार २०८२, ११ : १९

काठमाडौं— विश्वभर चर्चित प्रिमियम लाइफस्टाइल ब्रान्ड एम्पोरियो आर्मानीले नेपालमा आफ्नो पहिलो फ्ल्यागशिप सोरुम सञ्चालनमा ल्याउने भएको छ। आगामी शुक्रबार दरबारमार्गमा हुने  उद्घाटनसँगै यो ब्रान्डले नेपालमा आधिकारिक रुपमा आफ्नो पाइला टेक्न लागेको हो । 

एम्पोरियो आर्मानीको अधिकारिक आयातकर्ता र वितरकको रुपमा  जे एन्ड सीओ नियुक्त भएको छ। कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको फेसन अनुभव उपलब्ध गराउने उद्देश्यसहित दरबारमार्गमा ब्रान्डको पहिलो सोरुम स्थापना गर्न लागेको हो।

यो अत्याधुनिक फ्ल्यागशिप स्टोरमाब्याग, बेल्ट, जुत्ता, र फेसन एक्सेसरीहरूको विशेष संग्रह उपलब्ध हुनेछ।

जे एन्ड सीओका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्,“हामीले नेपाली बजारमा ग्लोबल लक्जरी ब्रान्ड ल्याउने सपना देखेका थियौं, र आज त्यो सपना साकार हुँदैछ। एम्पोरियो आर्मानी केवल फेसनको नाम होइन, यो जीवनशैली, आत्मविश्वास र परिष्कृत स्वादको प्रतिनिधित्व हो। दरबारमार्गको यो सोरुम नेपालको लक्जरी खुद्रा बजारमा नयाँ मानक स्थापित गर्नेछ।”

यस ओपनिङसँगै, नेपाल पनि अब ती विशिष्ट मुलुकहरूको सूचिमा पुग्नेछ जहाँ उपभोक्ताहरूले एम्पोरियो आर्मानीका उत्पादनहरू आधिकारिक च्यानलबाट, पूर्ण मौलिकताको साथमा, प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। दरबारमार्गको स्टोरले फेसनको दुनियाँमा नयाँ ढोका खोल्नेछ — स्टाइल, शान र सेवा तीनै कुरा एकै छानामुनि समेटिनेछन्।

विहीबार, ०५ असार २०८२, ११ : १९

प्रतिक्रिया