काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् ।
बैंक र होटेलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।
बैंकले ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आइरहेको छ ।
प्रतिक्रिया