नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकामा सिसीटिभी हस्तान्तरण

शनिबार, ०७ असार २०८२, १५ : ५३

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकालाई सिसीटिभी क्यामेरा हस्तान्तरण गरेको छ ।

नगरपालिकाको सार्वजनिक सुरक्षा व्यवस्थामा थप सुधार ल्याउने उद्देश्यसहित बैंकले उक्त उपकरण सहयोग स्वरूप उपलब्ध गराएको हो ।

कोशी प्रदेशका बैंक प्रमुख रबिन घिमिरेले एक कार्यक्रमका बीच चौदण्डीगढी नगरपालिकाका उप–मेयर मनिका देवी दुलाललाई सिसीटिभी प्रणाली हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका अन्य शाखा प्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीहरू समेत सहभागी थिए ।

बैंकले यस प्रकारको सहयोग कार्यक्रमलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको अंग मानी निरन्तरता दिँदै आएको बताइएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि नेपालमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको देशभर १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, १२५ वटा एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

नेपाल एसबिआई बैंकले आगामी दिनहरूमा पनि विभिन्न क्षेत्रीय तथा स्थानीय तहसँग सहकार्य गर्दै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा योगदान पुर्याउने जनाएको छ ।

शनिबार, ०७ असार २०८२, १५ : ५३

प्रतिक्रिया