Infinix ले नेपाली बजारमा ल्यायो गेमिङ केन्द्रीत नयाँ स्मार्टफोन GT 30 Pro

सोमबार, ०९ असार २०८२, १४ : ४२

काठमाडौं– मोबाइल गेमिङ पारखीका लागि उत्साहजनक खबर आएको छ। Infinix Nepal ले आफ्नो नयाँ गेमिङ-केन्द्रीत स्मार्टफोन GT 30 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ। रु. ४७,९९९ को मूल्यमा उपलब्ध यो फोनले विशेषगरी गेमरहरूलाई लक्षित गर्दै उच्च प्रदर्शन, आकर्षक डिजाइन र ईस्पोर्ट्स-मैत्री फिचर्सका साथ बजारमा प्रवेश गरेको छ।

GT 30 Pro को औपचारिक लञ्च असार ७ गते (June 21) भक्तपुरस्थित Infinity Lounge मा सम्पन्न भएको 2025 PUBG Mobile Super League (PMSL) CSA Spring Finals Offline Watch Party मा गरिएको थियो। यो इभेन्ट हालसम्मकै सबैभन्दा ठूलो PUBG वाच पार्टी मानिएको छ, जहाँ देशभरिका गेमिङ फ्यान, स्ट्रिमर, र टप PUBG खेलाडीहरूको उल्लेखनीय उपस्थिति थियो।

Infinix ले उक्त अवसरमा GT 30 Pro को अनबक्सिङ, लाइभ गेमप्ले डेमो, र स्मार्टफोनको प्रदर्शनमार्फत यसको क्षमताहरू प्रस्तुत गर्‍यो। ब्रान्डले यसलाई "ओरिजिनल गेमर (OG)" हरूका लागि निर्माण गरिएको "युद्ध हतियार" भन्दै प्रस्तुत गर्‍यो।

GT 30 Pro, यसको अघिल्लो भर्सन GT 20 Pro को सफलताको आधारमा अगाडि ल्याइएको हो, जसले नेपाली गेमिङ समुदायमा राम्रो छवि बनाएको थियो। नयाँ मोडेलमा अझ शक्तिशाली प्रोसेसर, गेमिङ-मैत्री डिस्प्ले, र उच्च कूलिङ सिस्टम जस्ता विशेषताहरू समावेश गरिएको बताइएको छ।

 

 
सोमबार, ०९ असार २०८२, १४ : ४२

प्रतिक्रिया