काठमाडौं– नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले राजधानीको तीनकुनेमा नयाँ शोरुम उद्घाटन गरेको छ । उक्त शोरुम उद्घाटनसँगै कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) ‘एलईभी ०१’ नेपाली बजारमा सार्वजनिक गरेको छ । एलईभी ०१ मा प्रयोग गरिएको अत्याधुनिक डिजाइन र प्रविधिले यसलाई नेपाली बजारमा छुट्टै पहिचान दिने अपेक्षा गरिएको छ ।
गाडीमा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइन जस्ता आकर्षक एलिमेन्टहरू समावेश गरिएका छन् । गाडीको इन्टेरियर पनि उच्चस्तरीय बनाइएको छ। यसमा लेदरेट स्टेरिङ ह्वील र सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् । सुरक्षाका हिसाबले एलईभी ०१ मा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता प्रविधिहरू समावेश गरिएको छ ।
यसले युरो एनक्यापको क्र्यास टेस्टमा पाँचतारे सुरक्षा रेटिङ समेत प्राप्त गरेको कम्पनीले जनाएको छ । नेक्सन भेन्चरले तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ भने कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिसकेको छ । कम्पनीले आगामी नाइमा अटो शो मा एलभी ५ र एलभी एक्स नामका थप दुई नयाँ मोडेल सार्वजनिक गर्ने तयारी गरेको छ । २०२५ भित्र नेपालमा भित्र्याइने अन्य मोडेलहरूमा ५०० किलोमिटर रेन्ज, ०.२६८ एरोडाइनामिक ड्र्याग कोएफिसियन्ट र एलएफपी ब्याट्री टेक्नोलोजी समावेश गरिने बताइएको छ ।
प्रतिक्रिया