नेपाल बैंक र स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी सम्झौता

मंगलबार, १० असार २०८२, १७ : ०१

काठमाडौं– नेपालको पहिलो वाणिज्यिक बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं, सिनामंगलस्थित स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा खाता भएका ग्राहकहरुले स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा लाग्ने विभिन्न सेवा शुल्कहरूमा १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् । साथै, केन्द्रले प्रदान गर्ने केही विशेष सेवाहरूमा १०० प्रतिशतसम्मको छुट उपलब्ध गराइने पनि जानकारी दिइएको छ ।

सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका छन् । उक्त सहकार्यले बैंकका कर्मचारी र ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सुलभ हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
 

 
मंगलबार, १० असार २०८२, १७ : ०१

प्रतिक्रिया