विर्तामोड- एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल प्रालिले झापाको विर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ। कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरु सहभागी भएका थिए ।
कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमए िइसुजको कम्पनी विवरण प्रस्तुत गरिएको थियो । त्यसपछि लक्ष्मी कर्मसीयल भेहिकल्सका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल इसुजु सवारी साधनको प्राविधिक विशेषता र क्षमताबारे जानकार िगराएका थिए ।
लक्ष्मी कमर्सियल भेइकल प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरुको सेल्स, सर्भिस र स्पेयर पार्टस एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया