काठमाडौं- नेपाल राष्ट्र बैंकले आज असार ११ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ।
यसअघि निक्षेप संकलन उपकरणमार्फत अधिकतममा ४२ दिनसम्मका लागि तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले यस पटक भने ६३ दिनका लागि तरलता खिच्न लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो निक्षेप संकलन उपकरणको भदौ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया