भैरहवा र बुटवलमा टोटल लुब्रिकेन्ट्सको निशुल्क सर्भिस क्याम्प हुने

बुधबार, ११ असार २०८२, ११ : ३८

काठमाडौं- नेपालका लागि विश्वप्रसिद्ध ब्रान्ड TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब अइल प्रा.लि. ले पहिलोपटक काठमाडौं उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै निशुल्क सेवा शिविर (Free Service Camp) आयोजना गर्ने भएको छ।

सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिँदै गरिएको शिविर भैरहवा र बुटवलका स्थानीय ग्राहक र मिस्त्री समुदायसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न लक्षित गरिएको छ।

चारपांग्रे (Four-Wheeler) सेवा शिविर

  • स्थान: एडभान्स अटो केयर, बुटवल

  • मिति: असार १२ र १३, २०८२

  • समय: बिहान १०:०० देखि साँझ ५:००

दुईपांग्रे (Two-Wheeler) सेवा शिविर

  • स्थान: धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवा

  • मिति: असार १९ र २०, २०८२

  • समय: बिहान १०:०० देखि साँझ ५:००

शिविरमा सहभागीहरूले आफ्नो सवारी साधनको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, TotalEnergies ब्रान्डको लुब्रिकेन्ट सम्बन्धी जानकारी, इञ्जिन देखभालका टिप्स, र सेवा उपयोग सम्बन्धी सुझावहरू पनि प्रदान गरिनेछ।

कम्पनीले उक्त शिविरलाई ग्राहकहरूसँगको प्रत्यक्ष अन्तर्क्रियाको अवसरका रूपमा लिएको छ र TotalEnergies लाई नेपालमा अझ विश्वसनीय लुब्रिकेशन समाधानका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

बुधबार, ११ असार २०८२, ११ : ३८

प्रतिक्रिया