टाटाको कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको सफल यात्रा

बुधबार, ११ असार २०८२, ११ : ५७

काठमाडौं- टाटाको कर्भ ईभीमा काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको (केटुके ड्राइभ) यात्रा सम्पन्न भएको छ ।

नेपालका अवशिषप्रसाद ओझा र विजयराम कासजूले कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न गरेका हुन् ।

विश्व वातावरण दिवस २०८२ (जेठ २३) गते थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट सुरु गरिएको केटुके ड्राइभ भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर पुनः थापाथली शोरुम आई सम्पन्न भएको थियो । यस दौरना कर्भ ईभीमा ६ हजार ७०० किलोमिटर बढी यात्रा गरिएको थियो ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक कार्यक्रम आयोजना गर्दै उनीहरूलाई बधाई ज्ञापन तथा अनुभव आदान–प्रदान गरेको थियो ।

कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो ।

नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरू सहितको कुपे डिजाइनको एसयूभी हो ।

बुधबार, ११ असार २०८२, ११ : ५७

प्रतिक्रिया