काठमाडौं- एमजी मोटर्स नेपालको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले स्पेयर पार्टसको मूल्य औसतमा ३० प्रतिशतले घटाएको छ ।
कम्पनीले १०० भन्दा बढी स्पेयर पार्टसहरूको मूल्य औसत ३० प्रतिशतले घटाएको हो ।
कम्पनीले एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्पेयर पार्टसको मूल्य घटाएको हो ।
एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ।
काठमाडौं उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रहरूको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको छ।
प्रतिक्रिया