काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थापक सेयरधनीहरुको नाममा रहेको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाई आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया