काठमाडौं- नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले धनगढी क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।
ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रूपमा स्थापित गरिसकेको छ।
कम्पनीको अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुबिधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिदपछिको सेवा सुविधामा कुनै पनि समस्या नहुने कम्पनीले बताएको छ ।
साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि–लक्स चार्जिङको नेटवर्क विस्तार गर्दैछ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरुमा रि–लक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल र ईभी कुनैपनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।
सोही अभियानअन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रालि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेकोछ । जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया