एचआईडीसीएलको कम्पनी सचिवमा रमेश पनेरू नियुक्त

विहीबार, १२ असार २०८२, १२ : ४७

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को कम्पनी सचिवमा रमेश पनेरू नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले कामु प्रमुख प्रबन्धक (वित्त) रमेश पनेरूलाई सचिवको अतिरिक्त जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

साथै अतिरिक्त सचिवको कार्यभार सम्हालेबापत उनलाई मासिक १५ हजार ६२५ रुपैयाँ अतिरिक्त पारिश्रमिक दिने निर्णय पनि बैठकले गरेको छ।

विहीबार, १२ असार २०८२, १२ : ४७

प्रतिक्रिया