याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ साउनबाट नेपाली बजारमा आउने

विहीबार, १२ असार २०८२, १३ : ११

काठमाडौं- याडियाको नेकेड स्पोर्टस डिजाइनमा तयार भएको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाल आउने भएको छ ।

याडिया इलेक्ट्रिकका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले साउनमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोटरसाइकल सार्वजनिक गर्ने जानकारी दिएको हो । 

याडिया किनेसमा भएको ११ किलोवाट पीक पावर क्षमताको मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।   क्लाइम्ब क्षमता २० डिग्री रहेको याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुई लिथियम आयन ब्याट्री प्याक दिएको छ । 

किनेसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

विहीबार, १२ असार २०८२, १३ : ११

प्रतिक्रिया