नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न बोर्डले दियो अनुमति

शनिबार, १४ असार २०८२, १० : ३९

काठमाडौं- नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई (३ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

नबिल बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘नबिल डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो । यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

शनिबार, १४ असार २०८२, १० : ३९

प्रतिक्रिया