बैंकिङ प्रणालीमा अधिक तरलता, आज ३० अर्ब तान्दै राष्ट्र बैंक

आइतबार, १५ असार २०८२, १० : २२

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज असार १५ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरणको भदौ १५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

आइतबार, १५ असार २०८२, १० : २२

प्रतिक्रिया