महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

आइतबार, १५ असार २०८२, ११ : ३७

काठमाडौं- महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्युआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ ।

यस अन्तर्गत हालको भौतिक क्रेडिट कार्डको आवश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुनेछ ।

डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ ।

यो सुविधा थप गरेसँगै डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने बैंकले विश्वास लिएको छ ।

आइतबार, १५ असार २०८२, ११ : ३७

प्रतिक्रिया