काठमाडौं- लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीले आगामी साउन ३ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको लाजिम्पाटमास्थित होटल हिमालयमा बिहान ९ बजे सुरु हुनेछ ।
यस सभाले कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया