नेप्सेमा ९० ब्रोकर कम्पनी र २ धितोपत्र व्यापारीको सदस्यता नवीकरण

सोमबार, १६ असार २०८२, १३ : ४६

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न स्वीकृति लिएका ९० वटा ब्रोकर कम्पनी र २ वटा धितोपत्र व्यापारी कम्पनीको चालु आर्थिक वर्ष २०८१र८२ का लागि सदस्यता नवीकरण गरेको छ।

नेप्सेले सूचना जारी गर्दै २०८१ असोज मसान्तसम्मका लागि सदस्यता पाएका ती कम्पनीहरूको नवीकरण सम्पन्न भएको जानकारी दिएको हो। 

यस सदस्यता नवीकरणसँगै सम्बन्धित कम्पनीहरूले नेप्सेमा धितोपत्र खरिद–बिक्री कारोबार गर्न पाउने छन्।

 
 
सोमबार, १६ असार २०८२, १३ : ४६

प्रतिक्रिया