काठमाडौं- सटिजन्स सदाबहार योजनाको इकाई आवेदन दिने म्याद थप गरिएको छ ।
पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि सिटिजन्स क्यापिटले असार २७ गतेसम्म आवेदन दिने समय थपेको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।
सिटिजन्स क्यापिटलले आज असार १३ गते शुक्रबारदेखि सिटिजन्स सदाबहार योजना’ को इकाई बिक्री खुला गरेको हो । क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजना बिक्री खुला गरेको हो । कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित गरिएको छ । बाँकी रहेको ४ करोड २५ लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया