नेपाल बैंकका कर्मचारी तथा ग्राहकले लेट मि इनमा छुट सुविधा पाउने

मंगलबार, १७ असार २०८२, १२ : ०९

काठमाडौं- नेपाल बैंक लिमिटेड र लेट मि इन प्रालिबीच बैंकका कर्मचारी र बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रालिमा कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सेवामा यो छुट उपलब्ध हुनेछ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म शुल्क छुट पाउने छन्।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रालिका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन्।

बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूको स्वास्थ्य तथा सौन्दर्य सेवामा पहुँचलाई सहज बनाउन यस्ता सहकार्यलाई आगामी दिनमा पनि विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

 
मंगलबार, १७ असार २०८२, १२ : ०९

प्रतिक्रिया