सुनचाँदीको मूल्य बढ्यो

मंगलबार, १७ असार २०८२, १४ : ००

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो। यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार तोलामा २१ सय ५५ रुपैयाँमा कायम भएको छ।

आगामी बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै सुनचाँदी व्यवसायीले आन्दोलन गर्दै आएका छन् । 

पसल नै बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रदाँ मूल्य निर्धारणका साथै व्यापारमा पनि यसले असर पारेको छ । 

 
मंगलबार, १७ असार २०८२, १४ : ००

प्रतिक्रिया