प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

बुधबार, १८ असार २०८२, १३ : ३१

काठमाडौं– प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्रमा बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

तोकिएको समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 
बुधबार, १८ असार २०८२, १३ : ३१

प्रतिक्रिया