काठमाडौं- स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको छ।
एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।
सम्झौतासँगै बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै एससीटी–यूपीआई कार्ड लिन सक्नेछन्।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–यूपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियनपे, भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया