काठमाडौं- केटिएम गु्रप होल्डिंसअन्तर्गत सञ्चालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ ।
आईपिओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मुख्य कार्यालय, काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको उपस्थितिमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले सम्झैतामा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले १२ करोड ५० लाख रकम बराबरको आईपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले रु. १०० का दरले १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्नेछ ।
केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ ।
आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।
प्रतिक्रिया