स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि, व्यक्तिगत प्यान लिने सबैभन्दा धेरै

विहीबार, १९ असार २०८२, ११ : ३९

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (चैत मसान्तसम्म) मा ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यससँगै नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । 

मन्त्रालयको तथ्यांकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समेत करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यस वर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएका छन् ।

चालु आर्थिक वर्षको चैतसम्ममा थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । 

यस अवधिमा करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या ९१ हजार ७७३, स्थायी लेखा नम्बर (डब्ल्यूप्यान) लिने १ हजार ८३९ र व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या ४ लाख ८० हजार ७० ले बढेका छन्। 

योसँगै बीप्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४, डब्ल्यूप्यान लिनेको संख्या ३५ हजार १६७ र पीप्यान लिनेको संख्या ४७ लाख २८ हजार ७७४ पुगेको छ।
 

 
 
विहीबार, १९ असार २०८२, ११ : ३९

प्रतिक्रिया