काठमाडौं- प्रभु महालक्ष्मी लाइफले करिब डेढ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीले संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउनेछन्।
सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया