काठमाडौं- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
यसमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले आज असार २२ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।
कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।
यस हकप्रद सेयरको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ ५ गतेसम्म कायम रहने लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
यस्तै, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ ।
साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया