धितोपत्र बोर्डले कटौती गर्‍यो शेयर दरखास्तको अवधि

सोमबार, २३ असार २०८२, १४ : ४८

काठमाडौं–नेपाल धितोपत्र बोर्डले विदेशमा रहेका नेपाली नागरिकलाई शेयरका लागि दरखास्त दिन खुला रहने अवधिलाई घटाएको छ । बोर्डले शेयरका लागि दरखास्त दिन खुला रहने हालको १५ दिनको अवधिलाई परिमार्जन गरि न्युनतम ४ कार्यदिन कायम गरेको हो । 

उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको नवौं संशोधनबाट उक्त व्यवस्था कायम गरिएको हो ।

धितोपत्र बोर्डले उक्त व्यवस्था २०८२ साल साउन १ गतेबाट लागू हुने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने व्यवस्था पनि गरिएको छ ।   

 
 
सोमबार, २३ असार २०८२, १४ : ४८

प्रतिक्रिया