राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, २४ असार २०८२, १० : २३

काठमाडौं- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। 

यस हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 
मंगलबार, २४ असार २०८२, १० : २३

प्रतिक्रिया